दफा ८७
रोजगारदाताबाट कर क्ट्री
(१) प्रत्येक बासिन्दा रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको गणना गर्दा समावेश गरिने: नेपालमा स्रोत भएको कुनै रकम भुक्तानी गर्दा अनुसूची-१ बमोजिमको दरले हुने कर क्ट्री गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कर क्ट्री गर्नुपर्ने रोजगारदाताको दायित्व देहायको कारणले घट्ने वा समाप्त हुने छैनः-

(क) रोजगारदाताले उल्लिखित भुक्तानीबाट अन्य कुनै रकम कट्टी गर्ने वा रोक्का राख्ने वा घटाउने अधिकार वा कर्तव्य भएकोमा, वा

(ख) अन्य प्रचलित कानून बमोजिम कर्मचारी वा कामदारको रोजगारीबाट भएको आय घटाउन नपाउने भएकोमा ।